१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१८ जेष्ठ । काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीया पुसी शेर्पा रेहकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको कंचनरुप नगरपालिका–१२ रुपनगर चोकमा प्र.२–०३–००१ख ८२५ नम्बरको बसको ठक्करबाट मंगलबार एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने पैदलयात्री हाल नाम, थर, वतन खुलेको छैन।

धनकुटाको धनकुटा नगरपालिका–६ स्थित सडकमा मे.६ प १७५६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–६ डेरा गरी बस्ने संखुवासभा खाँदवारी नगरपालिका–१० घर भएका २४ वर्षीय पुरन राई रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित धारापानी भन्ने स्थानमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन्।

ठक्करबाट गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ कर्रापुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना अन्दाजी ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करमा संलग्न शंकास्पद बस र मोटरसाइकललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]