०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

जनमत पार्टीले सोध्यो नवनिर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ जेष्ठ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट निर्वाचित सिरहाका तीन जना जनप्रतिनिधिसहित चार जनासँग स्पष्टीकरण मागेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलीपकुमार सिंह, वडासदस्य कमलप्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजयकुमार यादवसँग स्पष्टीकरण मागेको हो ।

‘नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीको उम्मेदवार पराजित हुने गरी षडयन्त्रमा संलग्न रहेको बुझिन आएको हुँदा यस सम्बन्धमा तपाईंलाई किन कारबाही हुनुनपर्ने हो लिखित स्पष्टीकरण ३ दिनभित्र पेश गर्न अनुरोध छ’, चारै जनालाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

चित्तबुझ्दो स्पष्टीकरण नआएमा पार्टीले आवश्यक कारबाही अगाडि बढाउन सक्ने र निर्वाचित जनप्रतिनिधिको हकमा निर्वाचित पदबाट हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने अनुशासन समितिका प्रमुख इन्जिनियर दीपक कुमार साहले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा चेतावनी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]