१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

फेरि पेट्रोलको मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आयो

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१८ जेष्ठ । भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको छ । पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्यासँमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले मासिक अझैँ पनि ६ अर्ब १५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने विज्ञप्तिमा जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]