१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

न्यूजमधेश डेस्क
नेपालगञ्ज ,१९ जेष्ठ। नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ ।

राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो ।

यूवाको समूहले पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको दरवार हत्याकाण्डकै दिन नेपालगञ्जस्थित धम्बोझी चोकमा राखेको वीरेन्द्रको शालिकलाई प्रहरीले धरपकड गरी झिकेर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

उनले शालिक राख्ने युवाको समूहलाई प्रहरीले लाठी बर्साउनुका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरी तितरवितर बनाएको बताए । ‘प्रहरीले युवामाथि लाठी बर्साएको छ । हवाई फायर र अश्रु ग्यास प्रहार गरेर अमानवीय व्यवहार गरेको छ,’ उनले भने ।

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेलाई सम्पर्क गर्दा उनले दंगा भइहेकाले थप कुरा गर्ने अवस्थामा नरहेको जानकारी दिए । अहिले धम्बोझी क्षेत्र तनावग्रस्त बनेको छ । वीरेन्द्रको शालिक राख्ने समूह र प्रहरीबीच झडप जारी छ ।

यसअघि नेपालगञ्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्व राजा त्रिभुवनको शालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त शालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडि हटेको थियो । धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत रोकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]