२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिँदै संघ सरकार

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२० जेष्ठ । संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो।

मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने भएको हो।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५-२६ जेठ अभिमूखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७-२८ जेठमा मिति तय भएको छ।

त्यस्तै, बागमती र लुम्बिनीमा ३०-३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]