न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ जेष्ठ । जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितीको बैठक सुरु भएको छ।
गत बैशाख ३० गतेको सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा बैठक आजबाट जनकपुरधाम स्थित पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा सुरु भएका हुन।
सो बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउत ,राष्ट्रिय उपाध्यक्ष अब्दुल खान,कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादवसहितको उपस्थिति रहेको सचिवालय प्रमुख राजेश मण्डलले बताए।
आउदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा जनमत पार्टीले अन्य पार्टीसंग तालमेल गर्ने खुल्ला गरेको उनले बताए।
यो बैठक जेष्ठ २४ गतेसम्म चल्ने सचिवालय प्रमुख मण्डलले भने।
महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]
सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]
सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ। उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]