१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

ढल्केवरमा विद्यालय सार्नु पर्ने माग राख्दै प्रदर्शन

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ जेष्ठ ।धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई अयन्त्र सार्नु पर्ने माग राख्दै विद्यालय अगाडि प्रदर्शन भएको छ । महगी भाषाका अभियानी फुलगेन महतोले र उनको सहयोगी विजय दासले प्रदर्शन गरेका हुन् ।

विद्यालय नजिकै तथा वस्तीको बीचमा स्थापना भएको रामजानकी प्लाटिक फ्याक्ट्रीबाट निस्कने दुर्गन्धका कारण विद्यालय पढन आउने विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर परिरहेकोले यहाँबाट विद्यालय सार्नुपर्ने प्रदर्शनकारीहरुको भनाई छ ।

पाइप फ्याक्ट्रीका सञ्चालक राजेश अग्रवाल ठूलाबडा हुन् । उसलाई राजनितिक संरक्षणसमेत रहेकाले यही दुर्गन्धका कारण स्थानीयवासीले पटक–पटक विरोज जनाउँदै आएको भएपनि सञ्चालकले दुर्गन्ध नियन्त्रण तथा फ्याक्ट्री अयन्त्र सार्ने कुनै पहल नगरेका कारण विद्यालय नै सार्नु पर्ने माग राख्दै प्रदर्शन गरेको अभियानीहरुले बताए ।

पाइप फ्याक्ट्री विद्यालयदेखि ५० मिटर उत्तरमा छ । फ्याक्ट्रीबाट निस्कने दुर्गन्ध तथा प्रदुषणका कारण मानिस बिरामी पर्न थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]