०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

राजविराज नगरपालिकामा घरको नक्सापास नगरे पानी र बिजुली बन्द गर्छौंः नगर प्रमुख यादव

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,२४ जेष्ठ । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवले राजविराज नगरपालिकाको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न जिल्लावासीलाई आग्रह गरेका छन्।

उनले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको बताए । जरिवाना छुट गरे पनि लाग्ने शुल्क छुट नहुने उनको भनाइ छ । ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती बन्द गर्छु । त्यसपछि कारबाही हुन्छ,’ उनले भने ।

राजविराज नगरपालिकाले सोमबार नगरपालिका कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारहरूसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजविराज नगरपालिका कार्यालयमा रहेको असुल हुने बेरुजु सम्बन्धित व्यक्तिलाई प्रशासनमार्फत थुन्न लगाएर भए पनि असुली गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले छोराछोरीसँग बस्न सक्ने अवस्था नरहेका, घरबाट निकालिएका आमाबाबुका लागि तत्काल वृद्धा आश्रम खोलेर सञ्चालनमा ल्याउने बताए ।

विभेदमा परेको विकास हुन नसकेको राजविराज सहरलाई ६ महिनाभित्र गुलाफी सहर बनाउने र त्यसका लागि आफू कठोर बन्नुपर्ने उनले बताए ।

प्रमुख यादवले घुस दिएर गलत काम गराउन खोज्ने र घुस लिएर गलत काम गर्नेलाई समातेर प्रशासनको जिम्मा लगाएर कारबाही दायरा ल्याउने बताए ।

सरकारी कार्यालयहरूमा भइरहेको व्याप्त भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा सधैँ अग्रसर रहने बताए । राजविराजको विकास र यहाँका बेथिति न्यूनीकरणका लागि यहाँका पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

राजविराजका एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरू माफिया गुन्डाहरूको अखडा बनेको तत्काल सुधा र गर्न लागि परेको जानकारी दिए । घरको काम, व्यक्तिगत व्यवसाय सञ्चालन गरेर सरकारी तलब भत्ता खाने छुट कसैले पाउने बताए ।

सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर बिदा दिने बताए। स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने मेयर यादवको भनाई रहेको थियो ।

नगरपालिकाको फोहर व्यवस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ३ महिना भित्र नगर बस सञ्चालन, असारमसान्त भित्र बसपार्क सञ्चालन, राजविराज हटिया ठेक्का लगाउने बताउँदै प्रतिबद्धता व्यक्त गरे ।

छाडा सुँगुरलाई घरमा राख्ने पूर्वाधार विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले त्यति गर्दा समेत सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउने बताए । पहिलोपटक १ हजार लिएर छोड्ने, दोस्रो पटक २ हजार लिएर छाड्ने बताए । तेस्रो पटक पनि समातियो भने छाडा गाई गोरुलगायतका चौपायालाई कोसी टापुमा लगेर छोडिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]