०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

राजविराज नगरपालिकामा घरको नक्सापास नगरे पानी र बिजुली बन्द गर्छौंः नगर प्रमुख यादव

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,२४ जेष्ठ । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवले राजविराज नगरपालिकाको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न जिल्लावासीलाई आग्रह गरेका छन्।

उनले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको बताए । जरिवाना छुट गरे पनि लाग्ने शुल्क छुट नहुने उनको भनाइ छ । ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती बन्द गर्छु । त्यसपछि कारबाही हुन्छ,’ उनले भने ।

राजविराज नगरपालिकाले सोमबार नगरपालिका कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारहरूसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजविराज नगरपालिका कार्यालयमा रहेको असुल हुने बेरुजु सम्बन्धित व्यक्तिलाई प्रशासनमार्फत थुन्न लगाएर भए पनि असुली गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले छोराछोरीसँग बस्न सक्ने अवस्था नरहेका, घरबाट निकालिएका आमाबाबुका लागि तत्काल वृद्धा आश्रम खोलेर सञ्चालनमा ल्याउने बताए ।

विभेदमा परेको विकास हुन नसकेको राजविराज सहरलाई ६ महिनाभित्र गुलाफी सहर बनाउने र त्यसका लागि आफू कठोर बन्नुपर्ने उनले बताए ।

प्रमुख यादवले घुस दिएर गलत काम गराउन खोज्ने र घुस लिएर गलत काम गर्नेलाई समातेर प्रशासनको जिम्मा लगाएर कारबाही दायरा ल्याउने बताए ।

सरकारी कार्यालयहरूमा भइरहेको व्याप्त भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा सधैँ अग्रसर रहने बताए । राजविराजको विकास र यहाँका बेथिति न्यूनीकरणका लागि यहाँका पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

राजविराजका एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरू माफिया गुन्डाहरूको अखडा बनेको तत्काल सुधा र गर्न लागि परेको जानकारी दिए । घरको काम, व्यक्तिगत व्यवसाय सञ्चालन गरेर सरकारी तलब भत्ता खाने छुट कसैले पाउने बताए ।

सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर बिदा दिने बताए। स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने मेयर यादवको भनाई रहेको थियो ।

नगरपालिकाको फोहर व्यवस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ३ महिना भित्र नगर बस सञ्चालन, असारमसान्त भित्र बसपार्क सञ्चालन, राजविराज हटिया ठेक्का लगाउने बताउँदै प्रतिबद्धता व्यक्त गरे ।

छाडा सुँगुरलाई घरमा राख्ने पूर्वाधार विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले त्यति गर्दा समेत सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउने बताए । पहिलोपटक १ हजार लिएर छोड्ने, दोस्रो पटक २ हजार लिएर छाड्ने बताए । तेस्रो पटक पनि समातियो भने छाडा गाई गोरुलगायतका चौपायालाई कोसी टापुमा लगेर छोडिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]