२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

भारतमा पुनरागमन गर्दै टिकटक

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ जेष्ठ ।भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ ।

टिकटकको मातृ कम्पनी बाइटडान्सले भारतमा आफ्नो साझेदारको खोजी गरिरहेको छ । सोही भारतीय पार्टनरको साथमा भारतमा पुनरागमन गर्ने तयारी टिकटकको रहेको छ ।

भारतीय साझेदारले टिकटकलाई भारतमा फिर्ता हुन सहयोग गर्ने बताइएको छ । जसले भारतमा टिकटक कम्पनीमा काम गर्ने नयाँ कर्मचारीको लागि आवेदनसमेत माग गर्नेछ ।

इकोनोमिक्स टाइम्सका लागि बाइट डान्स भारतमा फिर्ता हुनका लागि हिरानन्दनी ग्रुपसँग छलफल गरिरहेको छ । उक्त ग्रुपको डाटा सेन्टर व्यवसाय छ जुन योट्टा इन्फ्रास्ट्रक्चर सोलुसनको नाममा सञ्चालित छ ।

इकोनोमिक्स टाइम्सका अनुसार भारतमा पुनरागमनका विषयमा बाइटडान्सले सरकारसँग भने कुनै परामर्श तथा सम्पर्क नगरेको वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

यदि टिकटक भारतमा फिर्ता भएमा उसले भारत सरकारको नियमानुसार काम गर्नुपर्नेछ र डाटा सेन्टर पनि भारतमै राख्नुपर्नेछ ।

समाचार अनुसार बाइटडान्सले टिकटकलाई भारतमा फिर्ता गराउनका लागि पब्जीको मातृ कम्पनी क्राफ्टनकै रणनीति अनुसार का मगर्नेछ ।

भारतीय बजारमा कुनै समय निकै लोकप्रिय रहेको टिकटक पुनः भारतीय बजारमा फिर्ता भएमा उसले चिंगारी, एमएक्स टका टक तथा इन्स्टाग्राम रिल्स जस्ता एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अहिले इन्स्टाग्राम रिल्स भारतीय प्रयोगकर्ताबीच निकै लोकप्रिय छ ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्ला ट्राफिक, कार्यालय लहान र यातायात व्यवस्था कार्यालय, लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स) खरिद बिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्सका लागि ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा […]

काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको […]

कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए […]