०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

अचार पिस्ने लोहोरो प्रहार गरी श्रीमानको हत्या

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

न्यूजमधेश डेस्क
दाङ ,२४ जेष्ठ । दाङमा एक महिलाले श्रीमानकाे हत्या गरको छन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।

आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]