०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

‘तत्काल सरकारमा जाँदैनाैँ, गठबन्धन छाेडे जसपासँग मिल्न सक्छाैँ’ : अध्यक्ष ठाकुर

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

न्यूजमधेश डेस्क
काठमाडाैँ,२४ जेष्ठ । महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) अहिले प्रतिनिधि सभामा २३ सांसदसहित पाँचाै पार्टीकारूपमा रहेकाे छ ।

लाेसपा सरकारमा जाने चर्चा चलिरहन्छ । त्यसाे त गठबन्धनले बनाएकाे पछिल्लाे सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने लाेसपाले सहयाेग गर्दै आएकै हाे । गत साउन ४ गते संसद्‌बाट विश्वासकाे मत लिँदा पनि लाेसपाले पक्षमा मतदान गरेकाे थियाे । त्यसयता नै लाेसपा सरकारमा सहभागी हुने चर्चा चलिरहेकाे छ ।

याे चर्चा फेरि एकपटक ताजा बनेकाे छ । उसाे त प्रधानमन्त्री देउवा लाेसपालाई पनि साथमै राखेर जान चाहन्छन् । २०७४ सालकाे वामएकताबाट प्राप्त परिणामबाट नमज्जासँग झस्किएका प्रधानमन्त्री देउवा अहिले जत्तिसक्दाे मिलेरै जाने ध्याउन्नमा छन् । उसाे त उनलाई थाहा छ कि— गठबन्धनसम्बद्ध दलहरूमध्ये सबैभन्दा ठूलाे दल कांग्रेस नै हाे । याे तथ्य स्थानीय तह सदस्य निर्वाचनले पनि देखाइ नै सकेकाे छ । यसाे हुँदा पनि उनी जत्तिसक्दाे पार्टीहरू मिलेर ओलीविरुद्ध जाने रणनीतिमा छन् । यसपछि उनी पटक-पटक लाेसपा अध्यक्ष ठाकुरसँग वार्तामा रहिरहन्छन् । देउवा-महन्थबीच गत शनिवार मात्रै भेटवार्ता भएकाे थियाे । अब पुन: मंगलबार अपराह्न भेटघाट हुने कार्यक्रम तय भएकाे छ ।

त्यसाे त प्रधानमन्त्री देउवा लाेसपालाई उपसभामुखसहित २ मन्त्रालय दिन तयार रहेकाे बताइन्छ । यसबारे मकालुखबरले राखेकाे जिज्ञासामा प्रतिनिधि सभा सदस्यसमेत रहेका लाेसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एकवाल मियाँ प्रतिप्रश्न गर्छन्— ‘कसले चलाइरहेकाे छ यस्ताे हल्ला ?’ उनी लाेसपा तत्काल सरकारमा सहभागी हुने अवस्थामा नरहेकाे बताउँछन् ।

गठबन्धन आफैँ भरिएकाे गिलास भएकाे उल्लेख गर्दै उनले प्रष्ट पारे, ‘भरिएकाे गिलासमा थप पानी कसरी अटाउन सक्छ ? अहिले लाेसपा उस्तै अवस्थामा छ । लाेसपा अहिले त्यहाँ अटाउँदैन । मान्नुस् गठबन्धन आफैँ भरिएकाे छ । त्यहाँ त गठबन्धनमा रहेका दलहरूलाई नै मन्त्रालय पुगिरहेकाे छैन । अनि कहाँबाट हामी जान्छाैँ ?’

गठबन्धनमा अन्य दलका लागि ठाउँ नै नभएकाे बताउँछन् उनी । अहिले गठबन्धनमा रहेका दलहरूबीच नै मन्त्रालय खाेसाखाेसकाे अवस्थामा रहेकाे सुनाउँदै मियाँ थप्छन्, ‘लाेसपा त्यहाँ जाँदैन अहिले ।’ अध्यक्ष ठाकुले प्रधानमन्त्री देउवासँग सिर्फ आफूहरूले उठाउँदै आएकाे मुद्दाहरूका बारेमा ध्यानाकर्षण गराउन भेटिरहेकाे प्रष्टाेक्ति मियाँकाे छ, भन्छन्— ‘त्यसबाहेक सरकारमा सहभागी हुने कुरा त छैन ।’

प्रधानमन्त्री देउवाले प्रस्ताव गरेकाे खण्डमा तपाईंहरू सरकारमा सहभागी हुनुहुन्छ ? भन्ने सवालमा उनकाे भनाइ छ— ‘छलफल गर्न तयार छाैँ । संवाद गरेर टुङ्ग्याउँछाैँ ।’

‘गठबन्धन छाडे जसपासँग मिल्न सकिन्छ’

जसै राजनीतिक वृत्तमा लाेसपा र जसपाबीच पुन: पार्टी एकीकरण हुने हल्ला पनि छ । लाेसपा त्याे पार्टी हाे, जुन भदाै ९ गते मात्रै जसपाबाटै विभाजन भएकाे हाे । एमाले नेतृत्वकाे सरकारमा सहभागी हुने कि नहुने भन्नेमा बाझ्दा त्यत्तिबेला ठाकुर र उपेन्द्र यादव छुट्टिएका हुन् । पुन: यी दुई पार्टीबीच एकीकरणकाे चर्चा शुरू भएकाे छ । यसबारे कार्यकारिणी बैठकमा पनि कुराकानी भएकाे मियाँ स्वीकार्छन् । तर अहिल्यै एकीकरण नहुने भनाइ उनकाे छ । जसपमा बढी सत्तामाेह रहेकाे आराेप लगाउँदै मियाँ भन्छन्, ‘जसपाले अहिलेकाे सरकार त्याग्न सक्दैन, गठबन्धन त्याग्न सक्दैन । यदि ऊ त्यसरी त्यागेर आयाे भन हामी संवादका लागि तयार छाैँ ।’

गठबन्धन ताेडेर आए जसपासँग पार्टी एकीकरण गर्न तयार हाे तपाईंहरू ? भन्ने प्रश्नकाे जवाफमा उनले भनेका छन्, ‘संवाद गर्न तयार हुन्छाैँ । त्यसपछि नै मिल्ने कि नमिल्ने भन्ने कुरा त आउँछ । तर पहिले पनि एकठाउँमै रहेर बसेकाे मान्छे हामी । मनिल्ने भन्नेचाहिँ हुँदैन । मिल्ने भनेकाे कहिल्यै नराम्राे हुँदैन । हामी तयार छाैँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]