११ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

भारतीय फोटो पत्रकार सात महिनादेखि झापा कारागारमा

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

न्यूजमधेश डेस्क
झापा ,२४ जेष्ठ । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् ।

उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए ।

चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

गत मङ्सिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उहाँलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइ छ । अदालतको आदेशपछि उनी झापा कारागारमा छन् ।

घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि नेपाल आएको उनले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।

हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ । सात महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उनको अवस्थाबारे भर्खरै मात्र सार्वजनिक भएको हो ।

भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उनको रिहाइका लागि पहल गर्न थालिएको छ । उनी नक्कली नोटको कारोवारी नभएको दाबी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले रिहाइका लागि अनुरोध गरेका छन् । उनले छिट्टै मुद्दाको छिनोफोनो हुनुपर्ने माग गरेका छन् ।

नेसनल जिओग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यममा चौधरीले स्वतन्त्र (फ्रिलान्सर) फोटो पत्रकारको रुपमा काम गरेको र उनको आफ्नै ‘स्निपर मंक ट्र«««ाभल्स’ नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष वन्तले जानकारी दिए ।

चौधरीले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उनको रिहाइ हुनुपर्ने माग गरिएको अध्यक्ष वन्तले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]