२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

मोटरसाइकल क्रेनमा ठोकिदा एकको मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन १४, २०७६

मनोज बनैता, सिरहा । दुर्घटनामा परी सिरहाको लाहानमा एकको मृत्यु भएको छ । लाहान स्थित पुर्व-पश्चिम राजमार्गमा मोटरसाइकल क्रेनमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको को.१ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट ठाेकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ वर्षिय सुरेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि लाहानको रा.उ.ब अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा ईनर्वा पुग्न नपाउदै उनको मृत्यु भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले जानकारी दिएका छन । क्रेन र मोटरसाईकल ईलाका प्रहरी कार्यालय लहानमा राखीएको जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]