०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

उपेन्द्र यादव सहभागी जसपा धनुषाको समीक्षा बैठकमा कुटाकुट

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेष्ठ । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।

जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत भएको स्रोतले जनायो । जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। बैठकमा सहभागी एक नेताले सुनाए ।

जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का बर्साएका थिए । पछि उनीहरुलाई बैठकबाट निकालेपछि अबस्था साम्य बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]