१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

अदालतको आदेशपछि गृह प्रवेश गरिन् सिमा

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२६ जेष्ठ । आफ्नै घरबाट निकालिएकी २५ बर्षीया सिमा कर्ण सप्तरी जिल्ला अदालतको आदेशले घर प्रवेश गरेकी छिन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली निवासी कर्णले अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश लिएर बुधबार घर प्रवेश गरेकी हुन् ।

पति पंकज कुमार कर्ण र सासू विमला कर्णले सिमालाई  गाली गलौज, कुटपिट , मानसिक यातना दिएर घरबाट निकाला गरादिएपछि न्यायका लागि अदालतको शरणमा पुगेकी थिईन् ।
न्यायाधिश अम्बिका प्रसाद दाहालको इजलासले अन्तरिम संरक्षणात्मक आदेश दिएपछि कर्ण काँखे बालक छोरा संगै घर प्रवेश गरिन् ।

उनका कानुन व्यवसायी मधेश प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयका प्रदेश कानुन अधिकृत अधिवक्ता किरण कुमारी साह र स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, महिला अधिकारकर्मी, माईतीपक्ष र स्थानीय समाजसेवीहरुको रोहबरमा उनलाई घर प्रवेश गराईएको छ ।

घर प्रवेश गरेपछि विगतका कुराहरुलाई बिर्सिएर श्रीमान् र सासुसँग मिलेर बस्ने सिमाले प्रतिक्रिया दिईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]