१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

अदालतको आदेशपछि गृह प्रवेश गरिन् सिमा

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२६ जेष्ठ । आफ्नै घरबाट निकालिएकी २५ बर्षीया सिमा कर्ण सप्तरी जिल्ला अदालतको आदेशले घर प्रवेश गरेकी छिन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली निवासी कर्णले अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश लिएर बुधबार घर प्रवेश गरेकी हुन् ।

पति पंकज कुमार कर्ण र सासू विमला कर्णले सिमालाई  गाली गलौज, कुटपिट , मानसिक यातना दिएर घरबाट निकाला गरादिएपछि न्यायका लागि अदालतको शरणमा पुगेकी थिईन् ।
न्यायाधिश अम्बिका प्रसाद दाहालको इजलासले अन्तरिम संरक्षणात्मक आदेश दिएपछि कर्ण काँखे बालक छोरा संगै घर प्रवेश गरिन् ।

उनका कानुन व्यवसायी मधेश प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयका प्रदेश कानुन अधिकृत अधिवक्ता किरण कुमारी साह र स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, महिला अधिकारकर्मी, माईतीपक्ष र स्थानीय समाजसेवीहरुको रोहबरमा उनलाई घर प्रवेश गराईएको छ ।

घर प्रवेश गरेपछि विगतका कुराहरुलाई बिर्सिएर श्रीमान् र सासुसँग मिलेर बस्ने सिमाले प्रतिक्रिया दिईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]