१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

बलान बिहुल : पहिलो कार्यपालिका बैठकबाट गरे यस्तो महत्त्वपूर्ण निर्णयहरु

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,२६ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका ले पहिलो बैठकद्वारा विभिन्न निर्णयहरु लिएका छन् । पालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णयहरु गरेका हुन् ।

बैठकमा कभर्ड हल सम्बन्धि पुर्वका नेतृत्वले गरेको निर्णयलाई बदर गरिए संगै नयाँ निर्णय लिईएको छ । निर्णय अनुसार कभर्ड हल पालिकाको नवनिर्मित भवनको उत्तरपट्टी र बलानको कुलो पैनी देखि दक्षिणमा रहेको खाली जग्गामा बनाउने भएको छ त्यसको लागि प्रदेश सरकारलाई पत्र पठाउने निर्णय गरिएको छ ।

प्रधानमन्त्री स्वरोजगार योजनालाई सम्बन्धित वडा अध्यक्षको नेतृत्व तथा कामदारहरु बाट नै समिति बनाई कार्य संचालन गर्ने निर्णय भएको छ। सवारी साधनको विषयमा आवस्यकता अनुसार कर्मचारीलाई मोटरसाइकल किन्ने निर्णय भएको छ ।

त्यसैगरी उपाध्यक्ष रेणु यादवको संयोजकत्वमा ६ सदस्य अनुगमन समिति निर्माण गर्ने निर्णय भएको छ । विधालयको सवालमा ब्यवस्थापन समिति अषाढ मसान्तसम्म बनाउने तथा सहमति नजुटेको खन्डमा चुनावी प्रक्रियामा जाने निर्णय गरिएको छ ।
दलित आवासका लागि प्रत्येक वडाबाट नामावली संकलन गर्ने निर्णय भएको छ ।

कार्यपालिका सदस्य सुलेखा देवी यादवको नेतृत्वमा उक्त नामावली संकलन काम हुने जनाएको छ।

त्यस्तै कृषि भेटेनरी प्रयोगशालाको निर्माण वडा १ स्थित एलानी जग्गामा गर्ने निर्णय भएको छ । ब्यक्तिगत घटना दर्ता र सिफारिस दस्तुर निशुल्क गर्न राजस्व परामर्श समिति हुँदै गाउँसभामा पेशगर्ने लगायतका निर्णयहरु गरिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]