१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

भन्सार छलीको समानसहित ३ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

मुस्कान श्रेष्ठ,
वीरगञ्ज,२६ जेष्ठ । पर्सा प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको हार्डवयर पार्टस्, औषधिलगायतको खुद्रा सामग्रीसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघर सडक खण्डमाबाट बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी मूल्यका विभिन्न किसिमका हार्वयर पार्टस, औषधिलगायतका मालवस्तुहरू बोकेको सूचना प्राप्त हुनसाथ रोकेर जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको जिल्ला प्रकरी कार्यलय पर्साका प्रहरी प्रवक्ता एवम डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका–८ माइस्थान सडक खण्डमा ना ४ ख ४३०१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । उक्त ट्रकबाट समेत बिल विजक भन्दा बढी बिभिन्न किसिमका औषधि, लत्ताकपडालगायतका खुद्रा मालवस्तुहरू बरामद भएको प्रहरीले जनाएको छ ।

तीनवटै ट्रक नियन्त्रणमा लिई २ करोडको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]