०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

अमेरिकी सेनाका प्यासिफिक कमाण्डर काठमाडौँमा

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२६ जेष्ठ ।नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुगेका छन्। नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

फ्लिनले भोलि सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ। त्यस्तै उनले भोलिनै सैनिक मुख्यालय जंगी अड्डामा नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। फ्लिनको सम्मानमा भोलि नेपाली सेनाले आफ्नो मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ। त्यस्तै उनलाई भोलि नै नेपाली सेनाको गतिविधिहरू जानकारी गराइने र बिपद् उद्धार लगायतमा नेपाली सेनालाई आवश्यक पर्ने उपकरणहरूको जानकारी गराउँन लागिएको सैनिक स्रोतले जानकारी दिएको छ। उनको सम्मानमा भोलिनै प्रधानसेनापति शर्माले रात्रिभोज समेत आयोजना गरेका छन्।

शनिबार बिहान जर्नेल फ्लिनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सगरमाथाको आधार शिविरको भ्रमण गराउँदैछ। फ्लिनसंगै प्रधानसेनापति शर्मापनि माउन्टेन फ्लाइटमा जाने तय भएको खबरहसंग कुरा गर्दै नेपाली सेनाका एक अधिकारीले बताए। नाम नबताउँने शर्तमा खबरहबसँग कुराकानी गर्दै ती अधिकारीले फ्लिनको भ्रमण दुई देशको सैन्य कुटनीतिमा निकै महत्वपूर्ण रहेकाले नेपाली सेनालाई आवश्यक पर्ने स्काइ ट्रक, सैन्य सामाग्री लगायतको माग गरिने र द्विपक्षीय चासो र हितका विषयमा कुराकानी हुने बताए।

फ्लिन नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। प्रधानसेनापति प्रभुराम शर्मा केही सातापछि अमेरिका भ्रमणमा जाँदैछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]