०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

अमेरिकी सेनापति आएका बेला प्रधानमन्त्री पत्नीलाई किन दिल्ली बोलाइयो ?

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२६ जेष्ठ। अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका प्रमुख चाल्र्स एक फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा भने मंगलबार अपरान्ह नयाँ दिल्ली गएकी छन्।

अचानक तय भएको प्रम पत्नी आरजु देउवाको यो भ्रमणको वाहाना भने स्वास्थ्योपचारको छ तर दिल्ली भ्रमणको उद्देश्य भने अर्कै रहेको छ। प्रमपत्नी देउवा केही बर्षदेखि जापानमा नै स्वास्थ्य उपचार गराउँदै आएकी थिइन्।

कोरोनाको पहिलो लकडाउनमा आरजूले जापानमा हीपको अपरेशन गराएकी थिइन् भने त्यसपछि पनि जापान मै फलोअप गराउँदै आएकी छिन्। उनी स्वास्थ्य परीक्षण जापानमा गराएर फर्किएको डेढ महिनमात्र भएको छ। तर उनी बिहीबार स्वास्थ्योपचारका लागि भन्दै दिल्ली उडिन्।

वालुवाटार स्रोतका अनुसार उनी दिल्ली जानुको पछाडि अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका सेनापतिको भ्रमण मुख्य कारण रहेको छ। नेपाल र अमेरिकाबीच सहयोगका क्षेत्रहरु विस्तार भइरहेको र सैन्य सहयोगको क्षेत्रमा समेत नेपाल र अमेरिकाका बीचमा थप सहयोगका क्षेत्रहरु खोलिन लागेको कुरामा भारत असन्तुष्ट बनेको छ।

र, ऊ अमेरिकी सेना र नेपाली सेनाका बीचमा रक्षासम्बन्धी दिर्घकालीन प्रकारका कुनै पनि सम्झौता नहुन् भन्ने चाहन्छ । यही सन्दर्भमा दवाव दिन आरजूलाई भारत बोलाइएको स्रोतका दावी छ।

यतिबेला रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हालेका छन्। प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा आरजूकै प्रभाव रहने र उनकै योजनामा कुटनैतिक राजनैतिक निर्णयहरु हुने गरेका सन्दर्भमा भारतले आरजूलाई अमेरिकी सेनापति आएकै मौका छोपेर अमेरिकालाई समेत कुटनीतिक सन्देश दिने गरी दिल्ली बोलाएको हो।

देउवाले रक्षा मन्त्रालय सम्हालेका बेला अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदा स्टेट पार्टनरसिप प्रोग्राम र अन्य कुनै महत्वपूर्ण सम्झौता हुन सक्ने भयले भारत सशंकित छ।

नेपालमा नयाँ भारतीय राजदूत आइनसकेको बेलामा हतार हतार गरेर कार्यवहाक भारतीय राजदूतले अचाकन नेपाली सेनाका सेनापति प्रभुराम शर्मालाई हिजो विहीबार भेट गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]