०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

राजविराजमा एकल महिलामाथि कुटपिट, उपचारका लागि अस्पताल भर्ना

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
राजविराज,२७ जेष्ठ । राजविराज नगरपालिका – ५ मा घर भाडा गरी बस्दै आएका एक जना एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरि घाइते बनाएको छ ।

समान्य घराईसी विवाद सृजना गरेर कसैको सहार नभएकी पुष्पा स्वर्नकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन ।

कुटपिट बाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन ।विगत १५ वर्ष देखी एकै स्थानमा बस्दै आईरहेकी पुष्पाको श्रीमानको मृत्यु भईसकेको छ ।

कसैको सहारा नभएका पुष्पा दिनभरी मजदुरी गरेर १२ बर्षिय छोराको पालन पोषन गरिरहेकी छिन ।

अस्पतालमा उपचार गराई रहेकी पुष्पाले भनिन्न सिंहको परिवाले विगत २ वर्ष देखी मलाई कुदृष्टीले हेरिरहेको र समान्य विषयमा पनि निहु खोजेर झगडा गर्ने कुटपिट गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनितिक पहुच भएका कारण प्रहरीले खासै चासो नलिएको उनको आरोप छ ।

पैसा र पावरको भरमा उनले प्रहरीलाई प्रभाबमा पारेर आफु अनुकुल बनाएको समेत आरोप लगाए । पुष्पाले भनिन प्रहरी उल्टै आएर हामीलाई थर्काउने गरेको छ । मलाई कुटपिट गरेको देखेर मेरो १० बर्षिय छोरोको पनि मांसपेशी असर परेको , उसलाईपनि उपचारको खाचो रहेको छ । यता सिंहले परिवारलाई गालि गलौज गरेकोले आफनो श्रीमति संग समान्य झगडा भएको स्वीकारेका छन ।

आफुहरु परिवार जस्तै मिलेर वसिरहेका थियौ । तर पुष्पाको नराम्रो व्यवहारका कारण झगडा भएको र आफनो श्रीमतिलाई पनि कुटपिट गरेको सिंहले बताए । सिंहले भने हामी पनि कानूनी उपचारमा जान चाहन्छौ ।

अधिकारकर्मी तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुस्पाको बारेमा जानकारी लिई न्यायका लागि आफुहरु पहल गरिरहेको बताईन । उनले भनिन हामिहरु अस्पाल पुगेर घाईतेको अवस्थामा बारे जाकारी लिई प्रहरीलाई जानकारी गराई सकेका छौ , अव हामी कानूनी प्रक्रिया अगाडी बढाउछौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]