१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

राजविराजमा एकल महिलामाथि कुटपिट, उपचारका लागि अस्पताल भर्ना

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
राजविराज,२७ जेष्ठ । राजविराज नगरपालिका – ५ मा घर भाडा गरी बस्दै आएका एक जना एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरि घाइते बनाएको छ ।

समान्य घराईसी विवाद सृजना गरेर कसैको सहार नभएकी पुष्पा स्वर्नकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन ।

कुटपिट बाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन ।विगत १५ वर्ष देखी एकै स्थानमा बस्दै आईरहेकी पुष्पाको श्रीमानको मृत्यु भईसकेको छ ।

कसैको सहारा नभएका पुष्पा दिनभरी मजदुरी गरेर १२ बर्षिय छोराको पालन पोषन गरिरहेकी छिन ।

अस्पतालमा उपचार गराई रहेकी पुष्पाले भनिन्न सिंहको परिवाले विगत २ वर्ष देखी मलाई कुदृष्टीले हेरिरहेको र समान्य विषयमा पनि निहु खोजेर झगडा गर्ने कुटपिट गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनितिक पहुच भएका कारण प्रहरीले खासै चासो नलिएको उनको आरोप छ ।

पैसा र पावरको भरमा उनले प्रहरीलाई प्रभाबमा पारेर आफु अनुकुल बनाएको समेत आरोप लगाए । पुष्पाले भनिन प्रहरी उल्टै आएर हामीलाई थर्काउने गरेको छ । मलाई कुटपिट गरेको देखेर मेरो १० बर्षिय छोरोको पनि मांसपेशी असर परेको , उसलाईपनि उपचारको खाचो रहेको छ । यता सिंहले परिवारलाई गालि गलौज गरेकोले आफनो श्रीमति संग समान्य झगडा भएको स्वीकारेका छन ।

आफुहरु परिवार जस्तै मिलेर वसिरहेका थियौ । तर पुष्पाको नराम्रो व्यवहारका कारण झगडा भएको र आफनो श्रीमतिलाई पनि कुटपिट गरेको सिंहले बताए । सिंहले भने हामी पनि कानूनी उपचारमा जान चाहन्छौ ।

अधिकारकर्मी तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुस्पाको बारेमा जानकारी लिई न्यायका लागि आफुहरु पहल गरिरहेको बताईन । उनले भनिन हामिहरु अस्पाल पुगेर घाईतेको अवस्थामा बारे जाकारी लिई प्रहरीलाई जानकारी गराई सकेका छौ , अव हामी कानूनी प्रक्रिया अगाडी बढाउछौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]