१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

दुर्घटनामा परि ज्यान गुमाएका मण्डल परिवारलाई गैर आवासीय मधेशी संघद्वारा ५० हजार सहयोग

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ जेष्ठ ।दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरिएको छ।

धनुषाको कमला नगरपालिका ३ का रुपचन मण्डल तीन महिना अगाडि मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका थिए।उनलाई गैर आवासीय मधेशी संघ साउदीका सदस्य गोपाल मण्डलले ५० हजार सहयोग गरेका हुन।

सो रकम विदेशबाट पठाएपछि गोपालका बुबा राजलाल मण्डलले ज्यान गुमाएका मण्डलको श्रीमती केबली देवी मण्डललाई प्रदान गर्नुभएको हो।

उक्त रकम जनमत पार्टीका केन्द्रिय सदस्य रेखा मण्डल,पार्टीका युवा नेता गुड्डु यादवलगाइतको नेता कार्यकर्ताहरुको उपस्थितिमा ५० हजार आर्थिक सहयोग गरेको हो।

गैर आवासीय मधेशी संघले गरिब ,अपांग ,वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको परिवारहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]