३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

कमला नगरपालिकामा तीनदिने नि:शुल्क आँखा शिविर हुने

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ जेष्ठ।पुर्वी धनुषाको कमला नगरपालिकामा नि:शुल्क आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो ।

कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ ।

शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी (हेल्पपोष्ट), स्वास्थ्यचौकी दुबरकोट हथलेटवा र स्वास्थ्यचौकी लक्कडमा हुने भएको छ ।

जेठ २९ गते आईतबार विहान ९ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म माचि झिटकैया स्वास्थ्यचोकीमा, जेठ ३० गते सोमबार लक्कड स्वास्थ्यचौकीमा र जेठ ३१ गते मँगलबार दुबरकोट हथलेटवा स्वास्थयचौकीमा शिविर सँचालन हुने स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले जानकारी दिए ।

नगरभित्रका आँखाका रोगी विरामीहरुले निःशुल्क रुपमा आँखाको चेकजाँच गरिने ठाकुरले बताए । मोतियाबिन्दुको समेत अप्रेशन हुने र अप्रेशनको खर्च नगरपालिकाले बेहोर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य शिविरको क्रममा निःशुल्क औषधी समेत वितरण गरिने जनाइएको छ । यस शिविरबाट सयौँ जना लाभान्वित हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]