३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

कमला नगरपालिकामा तीनदिने नि:शुल्क आँखा शिविर हुने

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ जेष्ठ।पुर्वी धनुषाको कमला नगरपालिकामा नि:शुल्क आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो ।

कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ ।

शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी (हेल्पपोष्ट), स्वास्थ्यचौकी दुबरकोट हथलेटवा र स्वास्थ्यचौकी लक्कडमा हुने भएको छ ।

जेठ २९ गते आईतबार विहान ९ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म माचि झिटकैया स्वास्थ्यचोकीमा, जेठ ३० गते सोमबार लक्कड स्वास्थ्यचौकीमा र जेठ ३१ गते मँगलबार दुबरकोट हथलेटवा स्वास्थयचौकीमा शिविर सँचालन हुने स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले जानकारी दिए ।

नगरभित्रका आँखाका रोगी विरामीहरुले निःशुल्क रुपमा आँखाको चेकजाँच गरिने ठाकुरले बताए । मोतियाबिन्दुको समेत अप्रेशन हुने र अप्रेशनको खर्च नगरपालिकाले बेहोर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य शिविरको क्रममा निःशुल्क औषधी समेत वितरण गरिने जनाइएको छ । यस शिविरबाट सयौँ जना लाभान्वित हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]