२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

निहारिका माइतीघरमा २१ महिने बच्चासित आमरण अनसनमा

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२८ जेष्ठ । १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा बन्न बाध्य निहारिका राजपूतले माइतीघरमा शुक्रबारदेखी आमरण अनसन सुरु गर्नुभएको छ ।

आफूले न्याय नपाएसम्म आमरण अनसन जारी राख्ने उहाँको घोषणा छ ।

आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उहाँ अनिश्चितकालीन अनसन सुरु गर्नुभएको छ ।

२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गर्नुभएको थियो ।

तर, चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूतले अनसन सुरु गर्नुभएको छ ।

अनसनमा उहाँले पाँच बूँदे माग राख्नुभएको छ । उहाँले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने माग राख्नुभएको छ ।

‘उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो ।

न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो’, उहाँले मागमा भन्नुभएको छ । उहाँले भन्नुभयो ‘मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ ।

प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो । मेरो २१ महिने बच्चाको लालन पालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो ।’

जबसम्म मागहरू पूरा हुँदैनन्, तबसम्म आफूले अनसन नतोड्ने उल्लेख समेत गर्नुभयो । उहाँले प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएकाले पुनः अनुसन्धान गरिनुपर्ने माग गर्नुभएको छ ।

आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने उहाँको अडान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]