०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

धनुषाको कमलासहित ७ पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ जेष्ठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ मध्ये ७ वटा पालिका उच्च जोखिम छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा छन् ।

अन्य पालिका मध्ययन र न्यून जोखिममा रहेकाे समितिले जनाएकाे छ । बाढी पहिरोका कारण स्थानीयले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएको विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

अघिल्लो वर्ष विपद्का कारण धनुषामा ४ जनाको मृत्यु भएको भएको थियो । डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अभ्यास गरेका हुन् ।

जनकपुरधामस्थित गंगासागर पोखरीलाई मुख्य नदीको प्रतिकात्मक रुपमा ४ भागमा विभाजित गरी बोडिङ, लाइफ ज्याकेटलगायत सामग्रीको सहायतामा विपद्मा परेकाको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो ।

विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने, बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने विषयमा अभ्यास भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]