२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

सर्लाहीको लालबन्दीमा मामालाई मार्ने भान्जा पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

मदन यादव
सर्लाही ,२९ जेष्ठ ।सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो।

लालबन्दी नगरपालिका ११ हिरापुरमा रहेको पानी ट्यांकीस्थित तरकारी बारीमा काम गर्ने क्रममा भान्जा रवि विकले मामा अशोक विकलाई लट्ठी प्रहार गरेको हुन्। बाँकस ओसार्ने क्रममा मामा र भान्जाबिच विवाद हुँदा भान्जाले मामालाई त्यहीँ बासको लट्ठीले प्रहार गरेका थिए।

भान्जाको लट्ठी प्रहारबाट गम्भीर घाइते भएका मामा अशोक विकलाई उपचारको लागि स्थानीय मोडल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ लैजाने क्रममा विकको बाटोमै मृत्यु भएको हो।

मामामाथि लट्ठी प्रहार गरी मारेको अभियोगमा सर्लाही प्रहरीले रवि विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]