०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

कानून निमार्णको अभावमा काम गर्न अप्ठयारो ः नगर प्रमुख साह

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ जेष्ठ ।जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख मनोज कुमार साहले कानून निमार्णको अभावमा काम गर्न अप्ठयारो परेको बताएका छन ।

विगत पाँच वर्षमा जनकपुरधाम उपमहानगरपालिकाले कुनै पनि कानून निमार्ण गर्न नसक्दा अहिले आएर आफुलाई काम गर्न अप्ठयारो परेको बताए ।

नेपाली काँग्रेस जनकपुरधाम वडा नं.२ कार्यसमितिले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख साहले आफनो पहिलो प्राथमिकतामा फोहर व्यवस्थापन रहेको बताँउदै आगामी छ महिना भित्र ल्याण्ड फिट साइटको शिलान्यास गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन ,ट्राफिक व्यवस्थापन र छडा गाइबस्तु नियन्त्रण गर्न योजना अनुरुप काम शुरु गरिसकिएको जानकारी गराए ।

उनले सडक पेटीमा सहज आवागमनको लागि फुटपाथको खुद्रा बजारलाई अन्य ठाँउमा व्यवस्थापन गरीने बताए । आफुले जनकपुरधाम उपमहानगरपालिकाको अनुहार फेरी मतदाताको मतको उच्च सम्मान गरेर देखाउने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाले आगामी दिनमा नगरबासीको सेवा र सुविधालाई ध्यानमा राख्दै अन्य थुप्रै कार्यक्रम र योजनाहरु अगाडी सार्ने विश्वास दिलाए । कार्यक्रममा बोल्दै नव निर्वाचित नगर उपप्रमुख किशोरी साहले नगर विकासमा नगर प्रमुखलाई इमान्दारिताका साथ सघाउने प्रतिबद्धता व्यक्त गरे । सम्मान कार्यक्रममा नेपाली काँग्रेस धनुषाका जिल्ला उपसभापति गणेश झा, प्रदेश महाधिवेशन प्रतिनिधि प्रदिप चौधरी ,वडा सदस्य अमित साह लगायतका वक्ताहरुले आफानो मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस वडा नं.२ का सभापति रामलोचन यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सदस्य बद्री यादव ,महाधिब्शन प्रतिनिधि राम प्रसाद पजियार ,नगर कोषाध्यक्ष बिरेन्द्र यादव सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।वडा सचिव काशी साहले संचालन गरेको कार्यक्रममा वडा उपसभापति शितल यादवले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]