१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

प्राविधिक शिक्षा मुलुकका लागि आवश्यकता : पूर्वराष्ट्रपति यादव

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
मोरङ ,२९ जेष्ठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच पु¥याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिए । उनले ग्रामीण क्षेत्रमा स्थापित यस प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश र स्थानीय पालिकाले ध्यान दिनुपर्ने धारणा राखे । पूर्वराष्ट्रपति डा यादवले प्राविधिक शिक्षा हासिल गरेपछि सिकेको ज्ञान र सीपलाई राष्ट्रको बृहत्तर हितमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।

सीटीईभीटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । उक्त शिक्षालय तीन बिघा क्षेत्रफलमा रहनुका साथै विभिन्न विधामा ५०० विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रमुख सन्तबहादुर अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]