१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

मधेश प्रधेशमा बोक्सी भन्दै दुई महिलालाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ जेष्ठ । महोत्तरीको जलेश्वरमा बोक्सीको आरोपमा दुई जना महिलालाई कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका ६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केहि व्यक्तिले बोक्सीको आरोपमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुबैको चूलठो समातेर हात, लाठी र लाती समेतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

उनीहरुले दुबै महिलालाई २६ जेठको बिहान कुटपिट गरेको राईले बताए । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेका रहेछन्’ प्रहरी निरीक्षक राईले भने, ‘घट्नामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरी घट्नामा संलग्न भई फरार भएका अन्यको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]