०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

पछिल्लो पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२९ जेष्ठ । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन्।

यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन्।

सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेव्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६ जना नेपाली विदेश गएका छन्।

विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ६ लाख ४६ हजार ५६३ र सन् २०२० मा ३ लाख ८७ हजार ९९४ जना विभिन्न उदेश्यले विदेश गएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]