१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
इनरुवा,२९ जेष्ठ । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।

मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर घाइते भएको र जिप अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालकसहित छ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]