१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

जनताको सेवक भएर काम गर्न डा राउतले दिए जनप्रतिनिधिलाई निर्देशन

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही, ३० जेष्ठ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।

उनले आफूलाई शासक नठानी जनताको सेवक भएर जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । आइतबार जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुपन्देहीको लुम्बिनी आएका डा. राउतले यस्तो निर्देशन दिएका हुन् ।

जनताको घरघरमै गएर सेवा दिनुपर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गरेर काम गर्न समेत डा. राउतले आग्रह गरे । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले नयाँ र फरक काम गर्छन् भन्ने उदाहरण बन्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले निर्वाचनमा पहिलो पटक भाग लिएको जनमत पार्टीलाई रुचाएर राम्रो मत दिएको बताउँदै उनले अधिकांश स्थानमा थोरै मतान्तरले मात्र जनमत पार्टी अन्य पार्टी भन्दा पछाडी परेको उल्लेख गरे । आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत पार्टीलाई धेरै भन्दा धेरै स्थानमा विजय गराउन नेता कार्यकर्ताहरुलाई क्रियाशिल भएर काम गर्न डा. राउतको आग्रह रहेको छ ।

त्यस्तै पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खानले जनमत पार्टीले निर्वाचित प्रतिनिधिलाई जनता राज ल्याउने गरी काम गर्न र पार्टीको प्रतिष्ठा बचाउन आग्रह गरे ।

पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले पार्टीका उम्मेदवारलाई निर्वाचित बनाउन सहयोग पुर्याउने र मतदान गरी जनमतका उम्मेदवार विजय बनाएकोमा सबैमा धन्यवाद दिए । उनले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा सबै जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]