१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

मधेश प्रदेशको बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

न्यूजमधेश डेस्क
बारा,३० जेष्ठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]