०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

चितुवाको आक्रमणबाट बालकको मृत्यु

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

न्यूजमधेश डेस्क
दमौली ,३१ जेष्ठ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । “चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्‍यौँ,” उनले भने । चितुवाले बालकको घाँटीमा आक्रमण गरेको छ ।

केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए । चितुवा नियन्त्रणका लागि त्यहाँ खोर राखिएको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]