०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

राज्य मन्त्री मण्डलको गृह जिल्ला सिरहामा उज्यालो अभियान तिब्र

Logo
प्रकाशित बुधबार, साउन १५, २०७६

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन ।

राज्य मन्त्रीले भने “प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु बिधुतिय उर्जामा निर्भर छन, जुन आफै आत्मनिर्भर हुन सकेका छैनन । छिन छिनमा बत्ती कट्ने (लोडसेडिङ) प्रकोप जारी नै छ । यहि आक्रान्त अबस्थाबाट थोरै भएपनि राहत स्वरुप मैले गाउँ उज्यालो अभियान थालनी गरेको छु ।”

यस अभियानको पहिलो चरणमा गाउँको चौक चौराहा, हटिया र सार्वजनिक स्थलहरु उज्यालो पार्ने सोचका साथ टोलटोलमा पर्नेगरी जम्मा ३७ स्थानमा बैकल्पिक उर्जा (सोलार बत्ती) जडान गरिएको जानकारी प्राप्त भएको छ । साँझमा आफै बल्ने र बिहान आफै निभ्ने सेन्सरयुक्त यस सोलार प्रणालीमा डबल लाइट,डबल सोलार प्यानल र हाई क्वालिटी ड्राई ब्याट्री जडान गरिएको मन्त्री मण्डल ले भने ।

उनको अनुसार ब्याट्रीको पाँच बर्ष र बाँकी पोल,प्यानल र लाइटको पच्चीस बर्षको ग्यारेन्टी सोलार कम्पनी समृद्ध नेपालले दिएको छ । आगामी दिनमा गाउँ उज्यालो अभियान अन्तर्गत सोलार जडान कार्यक्रमलाई टोलटोलमा पुर्याउने वहाँको लक्ष्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]