१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्दै

Logo
प्रकाशित बुधबार, आषाढ ०१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१ असार ।नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरेको उनले बताए। ‘उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ’, उनले भने। यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उनले जानकारी दिए।

पार्टीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउनका लागि सबैलाई एक ठाउँमा ल्याउने र अझ परिकृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए। उनका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद्को बैठक डाकिएको छ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रुप दिइने उनले बताए। यस्तै बैठकले कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य जना मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उनले जानकारी दिए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]