१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

प्रतिनिधि सभाको राज्य व्यवस्था समिति ८ महिनादेखि निष्क्रिय

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठक ८ महिनादेखि बस्न सकेकाे छैन। पछिल्लाेपटक समितिकाे बैठक २०७८ असोज २० गते बसेको थियाे ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको वार्षिक प्रतिवेदनबारे तयार उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको थियो । त्यसयता समितिको बैठक बस्न सकेको छैन । अब कहिले बस्छ भन्ने निश्चित पनि छैन ।

प्रतिनिधि सभाको जेठ २५ गतेको बैठकमा कांग्रेस सांसद् अमरेशकुमार सिंहले याे विषया उठान गरेका थिए । उनले भनेका थिए, ‘यो समिति एक सालदेखि निष्क्रिय छ । संसद् विघटनको बेला मात्रै होइन, सरकार बनेपछि पनि निष्क्रिय छ । त्यो चाहिँदैन भने खारेज गरौँ । त्यो समितिका सदस्यहरुलाई अर्को समितिमा पठाउन म सभामुखलाई आग्रह गर्छु ।’

सिंह सोही समितिका सदस्य हुन् । समितिका तत्कालीन सभापति शशी श्रेष्ठ मन्त्री बनेपछि बैठक रोकिएकाे हाे । अन्तिम बैठक बसेको पर्सिपल्ट अर्थात्, असोज २२ गते नै श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् । समितिको कार्यविधिमै सभापतिले बैठक बोलाउने व्यवस्था छ ।

तर, सभापति नै मन्त्री भएपछि समितिको बैठक बोलाउने व्यक्ति भएन । त्यसपछि आफूहरुको समिति निष्क्रिय भएको समितिका सदस्यहरुको भनाइ छ । तत्कालीन सभापति श्रेष्ठका अतिरिक्त सोही समितिबाट अन्य पाँच जना सदस्यहरु पनि मन्त्री बनेका थिए ।

समितिमा तत्कालीन समयमा रहेका २७ सदस्यमध्ये ६ जना मन्त्री भएपछि समितिमा सदस्य संख्या मात्रै घटेन, त्यहाँभित्रको शक्ति संरचनामा पनि परिवर्तन आएको छ । आगामी बैठकलाई प्रभाव पार्ने अर्को विषय यो पनि हो ।

अहिले २४ जना मात्रै सदस्य छन् । ३ जनाको पूर्ति हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]