२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

निजगढ विमान स्थल कुनैपनि बहानामा सार्न मिल्दैन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

न्यूजमधेश डेस्क
बारा,२ असार । मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमान स्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएको छ। ।

निजगढमा विमान स्थल बन्नु पर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समिति संगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अतिमहत्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताएको छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्ण अझै आइ नसकेकोले नआतिन निजगढ वासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ विमान स्थलको लागि साकारात्मक सन्देश आउने विश्वास व्यक्त गरेका हुन ।

उहाँले भन्नु भयो – निजगढ विमान स्थलप बन्नु पर्नेमा हामी दृढ छौ , तर विमान स्थलनको नाउँमा अनावश्यक रुख कटानी गर्न दिदैनौ । विश्वको सबै भन्दो ठूलो विमान स्थल होइन, नेपालको लागी सुहाउदो विमान स्थल बनाउनका लागी प्रदेश सरकार हर सम्भव प्रतिबद्ध छ ।
विमान स्थलको नाउँमा जंगल नै सिद्धाउने चलखेल हुँदै आएको प्रति निजगढबासी लाई सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले निजगढ विमान स्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागी दवावदिन आग्रह समेत गरे ।

निजगढबासीले केही दिन यता जारी राखेको चक्का जाम सहितको आन्दोलन तत्कालका लागी स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ सर्वोच्चको पूर्ण पाठ नआउञ्जेल सम्मको लागी आन्दोलन स्थगित गर्नुस । पूर्ण पाठ हाम्रै पक्षमा आउछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरी आन्दोलन गरौला ।
मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरु समेतलाई भेटे पछि सरोकार समिति चक्का जाम कार्यक्रम आजै बाट स्थगित गरेका छन भने रिले अनसनलाई निरन्तरता नै दिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]