१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

भारतले पठायो नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्य

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२ असार । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको निगमले जनाएको छ ।

यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा ९५ करोड, डिजलमा दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । यस्तै मासिक पेट्रोलियम पदार्थमा नौ अर्ब ६३ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]