२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भानु चौक जस्तै जिरोमाईल पनि ठिक पार्छु : ईन्चार्ज कुर्मी

Logo
प्रकाशित बुधबार, साउन १५, २०७६

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं १ रेल्वे चौकीबाट हालै सरुवा भएका प्रहरी चौकी ईन्चर्ज राम जीवन प्रसाद कुर्मीले भानु चौक जस्तै जिरोमाईलको शान्ती सुरक्षा दिने प्रतिबद्धता जनाएका छन् ।

जनकपुर १ भानु चौकका यूवा, समाज, बुद्धिजीवी, ब्यापारीले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै ईन्चार्ज कुर्मीले अब जिरोमाईलबाट भयत्रास तथा अपराधीलाई कानूनी दायरामा ल्याउने बताए ।

भानु चौकका यूवा रबिन्द्र अरगडियाको अध्यक्षतामा भएको कार्यक्रममा यूवा प्रशान्त झा, कमलेस मण्डल, संजय चौधरी, बिनोद रोहिता तथा पत्रकार राजकमल सिंह लगायतका सहभागिहरुले कानून बिपरित गतिविधिमा संलग्नलाई प्रहरीले तत्कालै कारवाही गरे सम्भाबित घटना नहुने सुझाव दिए ।

प्रहरी समुदाय कार्यक्रमको मूल लक्ष्यलाई कार्यन्वन गर्न समेत सहभागिहरुले जोड दिएकाछन् ।रेल्वे चौकीमा कार्यरत रहंदा स्थानीय यूवा बुद्धिजीवीहरुको प्रयाप्त सहयोग रहेको बताउंदै ईन्चार्ज कुर्मीले जनकपुरको गुन्डागर्दी अन्त्री हुने बिश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]