११ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

ट्रकसहित दुई भारतीय नागरिक सप्तरीको कोसी ब्यारेजबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
राजविराज,३ असार । सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार सशस्त्र प्रहरीले रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड गरिएको यूपी७५एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।

ट्रकमा आशंका लागेर चेकजाँच गर्दा भन्सार कागजात र प्रज्ञापन–पत्र केही पनि नभएको पाइएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

उक्त ट्रकसहित चालक भारतको उत्तर प्रदेस कानपुर देहातका अवध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित चालक र सह–चालकलाई पनि आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]