२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

१००औं वर्षकी आमाको खुट्टा धोएर नरेन्द्र मोदीले लिए आशीर्वाद

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९

न्यूजमधेश डेस्क
भारत,४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो ।

प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान गुजरातस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आज बिहानै ट्विट गर्दै भनेका छन् ।

तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् ।

हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे ।

आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मोदी पञ्चमहल जिल्लाको प्रसिद्ध तीर्थस्थल पावगढको भ्रमण गर्ने कार्यक्रम रहेको गुजरात सूचना विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]