३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

शिक्षालाई जीवन कौशलको रुपमा अगाडि बढाउनुपर्नेमा नगर प्रमुख साहको जोड

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन ।

कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी माध्यमका रूपमा स्थापित गरेकोले केही विषयवस्तुहरु इन्टरनेटमा उपलब्ध दृश्यमा आधारित स्रोतहरू प्रयोग गरेर सरल ढंगबाट सजिला ढंगबाट पढाउ आग्रह गरेका छन । उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई जीवन कौशल (लाइफ स्किल) को रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

भूमण्डलीकरणको यो समयमा नागरिकलाई आधारभूत भाषागत जीवन कौशल दिने शिक्षा प्रणाली संस्थागत गर्नु अत्यन्त जरुरी रहेको उनले बताए । उनले भने निश्चित उमेरमा विद्यार्थीहरू भाषागतसहित केही विशेष जीवन कौशल हासिल गर्ने अवसरबाट वञ्चित भए भने पछि त्यो सीप तालिमबाट अपेक्षित रूपमा पूर्ति गर्न गाह्रै हुन्छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्याय, शिक्षा शाखा प्रमुख मेही लाल यादव , अन्जु पाण्डे , जनकपुरधाम उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]