२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

कार दुर्घटना हुँदा सर्लाहीका ४ वर्षीय बालकको मृत्यु, ७ जना घाइते

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,५ असार।सर्लाहीको धनकौलमा गएराति कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार मध्यराति नौ जना सबार बीआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटनामा परेको हो।

सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका यात्रुहरु सवार कार शनिबार राती १ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४ हरैया निवासी शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवले जानकारी दिए।

घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर छ। घाइते सबैको अहिले बरहथवाका स्थानीय क्लिनिकमा उपचार भइएको छ।

दुर्घटनापछि कारका चालक फरार भएकाले उनको खोजी भइरहेको यादवले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]