१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

कार दुर्घटना हुँदा सर्लाहीका ४ वर्षीय बालकको मृत्यु, ७ जना घाइते

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,५ असार।सर्लाहीको धनकौलमा गएराति कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार मध्यराति नौ जना सबार बीआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटनामा परेको हो।

सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका यात्रुहरु सवार कार शनिबार राती १ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४ हरैया निवासी शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवले जानकारी दिए।

घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर छ। घाइते सबैको अहिले बरहथवाका स्थानीय क्लिनिकमा उपचार भइएको छ।

दुर्घटनापछि कारका चालक फरार भएकाले उनको खोजी भइरहेको यादवले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]