०५ जेठ २०८२, सोमबार
19-05-2025 , Mon
×

विश्वविद्यालयमा दुई महिनादेखि ताला

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,६ असार। नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्।

विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्।

नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको बेलझण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न चार सूत्रीय माग राखी आन्दोलन गर्ने चेतावनी दिएको थियो।

प्रपासंघले पुस १ गते कुलपति एवं प्रधानमन्त्री देउवालाई सम्बोधन गरी पत्र पठाएको थियो।

पत्रमा विश्वविद्यालय सभाको रिक्त पदहरूमध्ये प्रासंघको तर्फबाट प्राचार्यमध्येबाट एक र सम्बन्धन प्राप्त विद्यापीठको प्राचार्यमध्येबाट एकजना गरी दुई जना नियुक्त गर्नुपर्ने र विश्वविद्यालयका तीन पदाधिकारीसहित पाँच जनाको कार्यकारी परिषद्मा दुई जना संघबाट सिफारिस गरी आगामी सभामा पेस गर्ने गरी पत्राचार गर्नुपर्ने पनि उल्लेख थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]