०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मन्त्री नफेर्ने उपेन्द्रको रणनीति

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

भुवन शर्मा
काठमाडौं,६ असार।सरकारमा अहिलेको टिमलाई फिर्ता बोलाइ नयाँ टिम पठाउन जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवलाई पार्टीभित्रै ठूलो दबाब परेको छ।

रेक दिन जसपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले अध्यक्ष यादवलार्ई टेलीफोन गरेर ‘कहिले मन्त्री फर्नु हुन्छ?’ भनी सोध्ने गर्छन्। तर यादवले भने सधै एउटै जवाफ दिन्छन्, ‘हुन्छ फर्छु। चाँडै फेर्छु। तर कुन दिन नयाँ टिम टिम पठाउनुहुन्छ?’ भनी सोध्दा उनले दिन तोक्ने गर्दैनन्। ‘चाँडै पठाउछु’भन्ने जवाफ मात्र दिन्छन्। केही दिन यता, जसपाका सांसदहरू र यादवबीच हरेक दिनजसो यस्तै संवाद हुने गर्छ। ‘हामीले हरेक दिन अध्यक्षज्यूलाई सरकारमा नयाँ टिम कहिले पठाउनुहुन्छ भनी सोध्छौं,’ सांसद अमृता अग्रहरिले भनिन्, ‘अध्यक्षज्यूले हुन्छ हुन्छ मात्र भन्नुहुन्छ। कहिले पठाउनुहुन्छ भनी सोध्दा चाँडै पठाउछु मात्र भन्नुहुन्छ। दिन तोक्नुहुन्न।’

अध्यक्षले स्पष्ट जवाफ नदिएपछि जसपाका सांसदहरूले विभिन्न किमिसबाट प्रधानमन्त्री कार्यालयलाई पनि आफ्नो सन्देश पुर्‍याएका छन्। अर्थात्, घुमाउरो किसिमबाट प्रधानमन्त्रीलाई पनि दबाब दिएका छन्।

तर त्यहाँबाट पनि चित्त बुझ्दो जवाफ पाउन सकेका छैनन्। स्रोतका अनुसार अध्यक्ष यादव मन्त्री फेर्ने विषयलाई सकेसम्म लम्ब्याउन चाहेका छन्। जसपाका एक नेताले भने, ‘मन्त्री फेर्नेबित्तिकै पार्टीमा अर्को लफडा सुरु हुन्छ। मन्त्री नभएकाहरू एक ठाउँमा आउँछन्। अध्यक्षविरुद्ध उभिन्छन्। बरु अहिले मन्त्री हुने आशामा पार्टी अध्यक्ष विरुद्ध खुलेर उभिएका छैनन्।’ ती नेताले भने,‘मन्त्री हुने आकांक्षाको कारण डा. बाबुराम भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकांश सांसदहरूले हस्ताक्षर गरेका छैनन्। मन्त्री फेर्नेबित्तिकै मन्त्री नभएकाहरू भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुने सम्भावना तीव्र हुन्छ। त्यसबेला भट्टराई पक्ष बहमुतमा पुग्न सक्ने सम्भावना रहन्छ।’ अहिले संसदीय दल र कार्यकारिणी समितिमा भट्टराई पक्ष बहुमतमा पुग्न नसक्नुको कारण पनि यही रहेको उनले ठोकुवा गरे।

भट्टराइ पक्षसँग निकट मानिएका एक नेताको भनाइ पनि यस्तै थियो। उनले भने, ‘सम्भवत मन्त्री हुने आकाक्षांले होला अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका केही सांसदहरू हाम्रो पक्षमा खुल्न भएको छैन।’

सांसदहरू नखुले पनि केन्द्रीय समितिमा आफूहरू बहुमतमा रहेको उनले दाबी गरे। भौतिक तथा पूर्वाधारमन्त्री तथा जसपाकी कार्यकारिणी समितिका सदस्य रेणु यादवले मन्त्री फेर्ने विषयमा पार्टीभित्र कुनै किसिमको छलफल नै नभएको बताइन।‘ यो विषयमा पार्र्टीमा कुनै किसिमको छलफल भएको छैन। मन्त्री फेर्ने विषय पार्टीले निर्णय गर्ने कुरा हो,’ यादवले भनिन्, ‘पार्टीमा छलफल नै नभएपछि यो विषय कसरी आयो?,’ पार्टीले गरेको निर्णय आफूहरूलाई मान्य हुने उनले बताइन्। पार्टीले जे निर्णय गर्छ, त्यसलाई स्वीकार गर्ने उनले बताइन्।

गत बिहीबार अध्यक्ष यादवले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई बोलाएर अनौपचारिक छलफल गरेका थिए। त्यस छलफलमा पनि अधिकांश सांसदहरूले मन्त्री फेर्ने विषयमा जिज्ञसा राखेका थिए। त्याे बेला पनि अध्यक्ष यादवले स्पष्ट जवाफ दिएका थिएनन्। खाली हुन्छ मात्र भनेका थिए।

अध्यक्ष यादव निकट स्रोतका अनुसार यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई फेर्न चाहेका छैनन्। यसैगरी वनमन्त्री रामसहाय यादवसँग पनि उनी सन्तुष्ट छन। तर, कृषिमन्त्री महेन्द्र यादवसँग भने यादव रुष्ट रहेको स्रोतको भनाइ छ। प्रधानमन्त्रीलाई मन्त्रीको सूची पठाउने बेला अन्तिम समयमा प्रमोद साहको नाम हटाई महेन्द्र यादवको नाम राखेका थिए।

तर, निर्णायक स्थितिमा महेन्द्रले धोका दिएको उपेन्द्रको बुझाइ रहेको स्रोतको भनाइ छ। स्रोतका अनुसार महेन्द्रले पछिल्लो समयमा भट्टराईसँग निकटता बढाएका छन्। स्रोतले भन्यो, ‘बरु संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ उपेन्द्रसँग नजिकिएका छन्।’

उपेन्द्र निकट एक नेताले भने,‘जसपाका केही व्यक्तिहरूले पार्टी छाड्दैमा पार्टीलाई त्यती नोक्सान नपर्ने उहाँ (यादव)को बुझाइ छ।’ उनले भने, ‘बैठक बोलाउन अधयक्ष ज्युले त्यती चासो नदिएको कारण पनि यही हुन सक्छ ।’-नागरिक दैनिकमा छापिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]