०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

दुबई र कतारका बजारमा नेपालको कुरिलो

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

न्यूजमधेश डेस्क
चितवन ,६ असार। चितवनमा उत्पादित कुरिलो विदेश निर्यात हुन थालेको छ ।

भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले दुबई र कतार पठाउन थालेका हुन् । सुवेदीले साताका २ पटक कुरिलो पठाउन थालेको बताए ।

१ पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको छ । ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले ३० जनालाई रोजगारीसमेत दिएका छन् । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गरिरहेका छन् ।

यसबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाए । ‘कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम हो । सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ,’ उनले भने, ‘बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या छ ।’

हाल कुरिलोको मूल्य प्रतिकिलो ३ सय रुपैयाँ छ । सुवेदीले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी पनि उत्पादन गरिरशेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]