न्यूजमधेश डेस्क
काठमाडौं ,६ असार। आठ वर्षअघि (सन् २०१४) को मिस इन्टरनेसनल ग्लोबल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।

जेठ ७ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई सोमबार काठमाडौं अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाउन आदेश दिइएको छ ।

ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। युतवीले आफूमाथि यौन दूव्र्यहावर गरेको भन्दै मुद्धा दर्ता गरेपछि पाण्डे जेठ ७ गते स्वयम्भूबाट पक्राउ परेका थिए ।

जेठ ४ गते पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् । सार्वजनिक भिडियोमा पीडितले पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर पटकपटक बलात्कार गरेको भनेकी थिइन् ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

श्री मधेश न्यूज नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )

सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh