न्यूजमधेश डेस्क
काठमाडौं,७ असार। मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले आज चौंथो खेलमा मध्यान्ह १२ बजे हङकङसँग खेल्न लागेको हो। किनरारा ओभलमा हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह ‘बी’मा रह‍ँदै शीर्ष स्थानमा रहेको छ। नेपाल समूह विजेता बन्न चाहन्छ। नेपालले हङकङसँग खेलका यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

यसअघिका खेलमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

श्री मधेश न्यूज नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )

सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh