१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

सामुहिक बलात्कार गरेको आरोपमा एक जनालाई पुर्वपक्षका लागि थुनामा पठायो

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ असार । धनुषाको उत्तरी क्षेत्रमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा एक आरोपितलाई पूर्व पक्षको लागि थुनामा राख्ने आदेश भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा जिल्ला अदालत धनुषाले एक आरोपितलाई थुनामा राखेर अनुसन्धानको आदेश दिएको हो ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने सिकिन्द्र साहलाई सोमबार जिल्ला अदालत धनुषाले पूर्वपक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

घटनामा संलग्न भनिएका अझै तीन जना फरार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जवरजस्ती करणी गरेका थिए ।

पीडित पक्षले जवरजस्ती करणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेका थिए ।

आरोपितहरुमध्ये सिकीन्द्र साहलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । उनलाई गत जेठ १६ गते पक्राउ गरेको थियो ।

पीडित भनिएकी किशोरीलाई न्याय दिलाउनको लागि महिला तथा बालबालिका क्षेत्रमा निरन्तर कार्यरत माईती नेपाल धनुषाका ठुलो भूमिका निर्वाह गरेका थिए ।

निरन्तर पीडित परिवारसँग सम्पर्क बनाएर नेपाल पीडित किशोरीको न्यायको लागि प्रशासनीक गुहार लगाउँदै आएका हुन् । सो क्रममा उनले विभिन्न पक्षको दबाब समेत खेप्नु परेको बताएका छन् ।

पीडक भनिएको पक्षबाट चौतर्फी दबाब आउँदा पनि हरेष नखाएका कार्यक्रम सँयोजक यादवले पीडित किशोरीको न्यायको लागि सदैव खटिरहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]