१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

मूल्य वृद्धिको बिरोधमा जनमतद्वारा मधेशका विभिन्न जिल्लामा प्रदर्शन

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध
जनमत पार्टीले तराई मधेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेका छ्न।

जनमत पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार रुपन्देहीको धकधईमा पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गर्दै करिब २ घण्टा चक्काजाम गरि प्रदर्शन भएको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा रुपन्देहीको धकधइमा प्रदर्शन गर्दै नेताहरु

प्रदर्शनकारीहरु पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर,जनता लुटन पाइदैन जस्ता नाराहरु लगाएका थिए।

त्यसैगरी महोत्तरीको जलेश्वरमा पनि विरोध प्रदर्शन गर्नुभएको जनमत पार्टी महोत्तरीका युवा नेता बिरेन्द्र कुमार मण्डलले जनाएको छ।

जनमत पार्टीले मंगलबार तराई मधेशका सिरहा ,महोत्तरी र सुनसरीलगाइतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका हुन।

यसअघि हिजो पनि जनमत पार्टीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा चक्काजाम गरेको थियो।

सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]