२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

मूल्य वृद्धिको बिरोधमा जनमतद्वारा मधेशका विभिन्न जिल्लामा प्रदर्शन

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध
जनमत पार्टीले तराई मधेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेका छ्न।

जनमत पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार रुपन्देहीको धकधईमा पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गर्दै करिब २ घण्टा चक्काजाम गरि प्रदर्शन भएको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा रुपन्देहीको धकधइमा प्रदर्शन गर्दै नेताहरु

प्रदर्शनकारीहरु पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर,जनता लुटन पाइदैन जस्ता नाराहरु लगाएका थिए।

त्यसैगरी महोत्तरीको जलेश्वरमा पनि विरोध प्रदर्शन गर्नुभएको जनमत पार्टी महोत्तरीका युवा नेता बिरेन्द्र कुमार मण्डलले जनाएको छ।

जनमत पार्टीले मंगलबार तराई मधेशका सिरहा ,महोत्तरी र सुनसरीलगाइतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका हुन।

यसअघि हिजो पनि जनमत पार्टीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा चक्काजाम गरेको थियो।

सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]